संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
चन्द्रभुषण दास
२५ पुस, कलैया–– विशेष सूचनाको आधारमा आज दिउँसो साढे १२ बजेको समयमा बाराको बेलहियबाट १० केजी लागू औषध गाँजा सहित तीन जना भारतिय नागरिकलाई प्रहरी पक्राउ गरेको छ।
प्रक्राउ पर्नेमा बोलेरो चालक देश भारत, उत्तर प्रदेश, जिल्ला कोशिनगर, थाना पटेर्वा ग्राम पञ्चायत जवरा बजार श्री दुबे अमवा बस्ने अं.बर्ष ३८ को धर्मेन्द्र गुप्ता , बोेरोमा सवार उत्तर प्रदेश, जिल्ला शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने अं.बर्ष ४८ को चन्द्र भान कुशवाहा र उत्तर प्रदेश, जिल्ला लखनउ, नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डे ए कालोनी ट्रान्सपोर्ट नगर बस्ने अं.बर्ष ३२ को चन्द्रभान श्रीवास्तव रहेका छन्।
उनी बोलेरो भित्र (सेतो प्लाष्टिकमा प्याक गरीको २ पोका) १० किलो लागू औषध गाँजा लुकाई राखेका थिए। पक्राउ परेका तिनटै भारतिय नागरिकलाई बोलेरो सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रसौनी गाँउपालिका – ५ स्थित प्रष्टोकाबाट बेलहिया तर्फ आउदै गरेको भारतिय प्लेट भएको UP 32 BX 4726 नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई लगी रहेके अवस्थामा पक्राउ गरि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको सुचना अधिकारी एवम् प्रवक्त डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।