रामराजा क्याम्पसका ४३ औं वार्षिकोत्सव, सिटिभिटीको लागि उपमहानगरबाट ५० लाख प्रदान गर्ने- मेयर साह

दाश पन्न्नालाल
3 Min Read

संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

१५ पुष, कलैया— कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले रामराजा क्याम्पसको शैक्षिक विकासमा टेवा पुर्याउन विद्यार्थीलाई शिपमुलक प्राविधिक धारका शिक्षामा जोड दिदै  सिटिभिटी कार्यक्रमको लागि नगरपालिकाबाट ५० लगानी गर्ने उदघोष गरेका छन्।

रामराजा (मोबि शाह) बहुमुखी क्याम्पस कलैयाको ४३ औं वार्षिक उत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभाको उदघाटन गर्द यस्तो घोषणा गरेका हुन्।

क्याम्पसलाई सुक्ष्म ढंगले नियाली रहेको र गुणस्तरिय र शिपमुलक शिक्षाको अध्ययनको लागि बाहिर गईरहेकोले विशेष गरि यस क्याम्पसलाई  छात्रा छात्रवासको एकदम आवश्यक रहेको उनले औल्याएका हुन्।

क्याम्पसको शैक्षिक सुधारको लागि निर्वाचित भएदेखि गरिब विपन्न दलित र छात्र छात्राकोलागि तिस देखि शत प्रतिशत  छात्रवृति प्रदान गर्न १० लाख रुपैया छुट्याई विद्यार्थीलाई सहुलियत दिदै आएको मेयर साहले बताएका छन्।

क्याम्पसको अभिभावकत्व प्रदेशको मातहद रहेको छ तर प्रदेशले पनि सोही अनुरुप जिम्मेवारी निर्वाह गरिदिएको भए भौतिक पुर्वाधार देखि थप संकायको अध्यापन अभावमा यस्तो अवस्था आउदैनथ्यो तर  यो कलेज उपमहानगर भित्र रहेको हुनाले पनि आवश्यक्तालाई पूरा गर्ने सवालमा क्याम्पस प्रमुख र क्याम्पस व्यवस्पन समितिका अध्यक्षले प्रस्ताव सहित योजना बनाएर सहकार्य गर्न चााहे उपमहानगरपालिका हमेशा तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

पाँच / दश लाखले केहि नहुने बताउदै ठुुला योजनामा लगानी गर्न तयार रहेको बताईरहदा गरिब तहतप्काका वालवच्चाहरु उच्च शिक्षाको अध्ययनमा किताब कपी कलम किन्न छात्रवृतिले ठुुलो योग्दान पुर्याईरहेको क्याम्पस प्रमुख निमेश तिमिल्सेनाले बताएका छन्।

सो कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी ठाकुर, पुर्व विधायक पारश साह,  नगर प्रमुख बिनोद साह, उप प्रमुख रौशन प्रबिण, नेकपा एमालेका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, नेपाली कांँग्रेसका जिल्ला उपसभापति मनोज भट्ट, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, क्याम्पस सममचालक समितिका पुर्व अध्यक्ष प्रभु पटेल, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य अरुण खनाल, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, जसपा नेपालका जिल्ला सचिव मुर्तुजा अंसारी, बिबेकशिल साझा पार्टीका अध्यक्ष डा. शुशिल साह, संचालक समिति सदस्य सुरेरेश  मोदक, श्रीप्रसाद पासवान, पुर्व जिल्ला सभापति छठु प्रसाद यादव, नगर खेेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाह, पु्र्व क्याम्पस प्रमुख राजेशवर अचार्य लगायतका उपस्थितिसँगै शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

वार्षिक अवसरमा  भलिवल, फुुटबल, सतरंज, व्याडमिन्टन, हाईजम्प, लंग जम्प, टेबल टेनिस जस्ता विभिन्न १४ वटा खेल विद्यामा विद्यार्थी सरोज दास , विशाल पटेल लगायतकालाई प्रथम द्धितियलाई प्रमाण पत्र तथा परस्कार वितरण गरिएको हो।

कार्यक्रम क्याम्पस संचालक समितिका अध्य्यक्ष जंगबहादुर चौरसियाकि सभापतित्वमा सम्पन्न भएको छ भन्ने स्वागत मन्तव्य सह प्रध्यापक अमीत मिश्रा तथा क्याम्पसको शैक्षिक अवस्थाबारे क्याम्पस प्रमुख तिमिल्सेनाले प्रकाश परेका हुन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *