संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
१४ पुस, कलैया—
पथलैया प्रहरीले गएराती करी ब साढे ११ बजेको समयमा बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं- १ पथलैया चोकमा प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक महेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।
पक्राउ पर्नेमा बसमा सवार जिल्ला रौतहट कटहरिया नगरपालिका – ७ बस्ने अं.वर्ष २१ की मुस्कान कुमारी दास रहौकी छन्।
उनीबाट नोरफिन-१२०० पिस इन्जेक्सन , ड्राइजोपाम-१२०० पिस इन्जेक्सन र फेनारगल-१२०० पिस इन्जेक्सन गरि जम्मा १२ डब्बा (३,६००/- पिस) बरामद गरिएको प्रहरीले बताएका छन्।
प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगी रहेको लागू औषध बरामद गरीएको जनाईएको छ।
लागू औषध ओसारपसार कार्यमा संलग्न रहेकी १ महिला समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।