अमलेखगंज इप्रकाका ईन्चार्ज कार्कीले झण्डै १ क्विन्टल लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरे

दाश पन्न्नालाल
1 Min Read

संवाहक

अनलाई/ राष्ट्रिय दैनिक

५ पुस, कलैया— जिल्ला प्रहरी मातहदका प्रहरीइकाई अमलेखगंजका ईन्चार्ज बरिष्ठ सई  प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न झण्डै एक क्विन्टल लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले हिरासतमा लिएको बारा प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।

विशेष सूचनाको आधारमा  पुस ४ गते दिउँँसो साढे दुई  बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको प्रहरीले जनाएको छ।

अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका – २२ तिन नम्बर पुल स्थित रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा ९७ किलो ( १८ पोका) लागू औषध गाँजा बरामद गरीएको हो ।

बरामदपछि तत्काल प्रारम्भिक अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको Ford कालो ग्रे रंगको कार गाडी सहित ओसारपसार कार्यमा संलग्न रहेको २ जना मानिसहरूलाई नियन्त्रणमा लिईएको बताईएको छ।

पक्राउ पर्नेमा चालक चितवन राप्‍ती नगरपालिका – २ गडौली टोल बस्ने अं.बर्ष ३५ को बिष्णु लामा र गाडीमा सवार चितवन भरतपुर महानगरपालिक – २४ सिद्धार्थ टोल बस्ने अं.बर्ष ४६ को टेक बहादुर गुरुङ बारा प्रहरीका निमित सुचना अधिकारी प्रहरी निरिक्षक वलराम श्रेष्ठले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *