गढीमाई पञ्चवर्षिय मेला बरियारपुरमा ८ हजार भन्दा बढी राँगाको बलि दिईयो

दाश पन्न्नालाल
4 Min Read

 संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

२४ मंसिर, बरियारपुर गढीमाई

विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला बाराको बरियारपुरमा  श्रद्धालुले भाकलका लागि  ल्याईएका ८ हजार भन्दा बढी राँगाको बलि दिईएको बताईएको छ।

विशेष पुजापछि मुख्य पशु पाडा वलि शुरु गरिएका आइतवार विहान ४ बजेदेखि साँझ ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रह्मबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिईने थालनी भएको थियो ।

पञ्चवली मध्ये आईतबारलाई मुख्य रुपमा राँगा बलि चढाईएको हो।मुख्य दिन ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपामितिका संयोजक प्रेम साहले जानकारी गराएका छन्।

भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ ।

त्यस्तै सोमबार बोका बलि दिइने समय निरधारित गरिए पनि भाकल गरेका भक्तजनहरुले आईतबार देखि नै बोका बलि दिन थालेका थिए। आज सोमबार पनि बोका बलि दिइएको छ ।

बोकाको बलि मनोकांक्षा पूरा भएका मानिसले आफुलाई पायक परेको ठाउँमा दिने भएकोले त्यसको तथ्यांक आउन नसेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । राँगाको बलि चढाउन चिराकि भन्दै रेकर्ड गरिएपनि लाखौको हाराहारीमा बोका लगायता अन्य पशुपंक्षिको बलि दिईएको करोडको संख्यामा मानिसले मेला अवलोकन गरेकोले सहजै अनुमान गर्न सकिन्छ।

गढीमाईको मेला भर्न आउने लाखौ दशनार्थीको दुई दिनको भिडले मन्दिरसम्म पुग्ने हरेक नाका जाम हुने पुगेको छ। ठुल्ला साना गाडीले खचाखच्च लामले पर्साको विरगंज देखि बाराको सदरमुकाम कलैया ट्राफिक व्यवस्थापन थेेगि नसक्ने अवस्था रहयो।

गढीमाई मन्दिर रहेको कलैया देखि बरियापुरसम्म, विरगंज, बाराको मटिअर्वा देखि गण्डक नहर , विहारको महुअवा कटगेनवा नाका हुँदै कवहीगोठ , झरोखर नाकाबाट गणडक नहर र हुलाकी मार्गमा असंख्यक मानिस पैदल देखि मोटरसाईकल , चार पाङ्ग्रे सवारी साधनले सिम्रौनगढ देखि हरनहिया देखि बरियारपुर सम्म नै सडक खेत मानिसको भिडले भएको भरिभराउ भएको हो।

अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलमा भारतका मन्त्री देखि लिएर नेपालका मन्त्रीहरुले दर्शन गरेका छन।

मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । २५ गते पछि मेलामा दर्शनार्थीहरुको चाप कम हुने मेला समितिले जनाएको छ ।

विश्व प्रसिद्ध गढीमाई मेलामा आईतवार चढाईएको राँगाको मासु  चमार मुसहर ,दुसाद समुदायका दलित सँगै प्रसादको हान्न थापमा जात र समुदाय छुट्याउन सकेको छैन्। पाडाको मासु होटेल बजारमा सहजै खपत भईरहेको ठेेहा दैनिक काटिने गरेकोले गढीमाईमा चढाइएका बलिको प्रसाद मानी अन्य समुदायले मार हान्ने लगायतकाले छिनाझपटी गरि लगेको र खाने गरेका छन्। तर मुल रुपमा चिन्हित समुदाय साईकल टाउको बोकी सिनो प्रसादकै रुपमा वा होटेलमा विक्रि वितरणको लागि योजनाबद्ध रुपमै मासु लगेको बताईएको छ।

प्रसादको रुपमा राङ्गाको मासु लगिने परमपरा रहदै आएका वलि व्यवस्थापन उप समितिका संयोजक प्रेम साहले जानकारी गराएका छन्।

।२०८१ सालको पन्चबर्षिय गढीमाई मेलामा चढाईएको राँगाको मासुको लागि कुनै पनि टेन्डर अहवान नगरिएको उनले बताए।

। दलित समुदाय र राँगाको मासु खानेहरुको अनुरोधमा यस बर्ष राँगाको मासुको टेण्डर नगरिएको समितिले जनाएको छ।

दुर्गन्धित नहुने गरि राँगाको आन्द्रा भोटीको ब्यवस्थापन

गढीमाई मेलामा आफ्नो भाकल पूरा भए पछि दर्शनार्थीहरुले चढाएको राँगाको बलिबाट स्थानियहरुको स्वास्थ्यमा असर नपर्ने गरि ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।

आईतवार चढाईएको राँगाबाट दुर्गन्ध नआउने गरि बलि ब्यवस्थापन उपसमितिले ब्यवस्थापन गरिरहेको प्रेम साहले बताए। ।राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरुको आन्द्रा ,भोटी र टाउकोको ब्यवस्थापन गर्ने काम गरिरहेको उनको कथन छ। खाल्डो खनेर टाउको आन्द्रा ,भोटीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिले खाल्डोलाई पुर्ने काम भईरहेको समेत उनले ब

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *