संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१९ मंसिर, बारा– समावेशी तथा दिगो भविष्यको पुर्वाधार अपाङ्ता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार मूल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस बारामा मनाईएको छ।
सो अवसरमा अपाङ्ताको लागि अपाइ्गता मैत्री भवन शिलान्यास,सहायता सामग्री वितरण तथा शुभकामना कार्यक्रमलाई मैन बति बालेर प्रमुख अतिथि पुरुषोतम पौडेलले उदघाटन गरेका छन्। ⊆
साथै सोही अवसरमा प्रमुख अतिथि पु्र्व मन्त्री पौडेल अपाङता संघका कार्यालय बारा डुमरवानाको हाताभित्र अपाङ्गतामैत्री २ कोठे शैक्षिक भवनको शिलान्यास गरेका छन्।ä
अपाङ्ता शरिरले नभई मस्तिष्कले राम्रो सोच विचार गरेछ भन्ने त्यो साङ् नै हो।आत्मबल बलियो बनाउनु पर्छ। प्रतिभावान अपाङ्ता भएका व्यक्ति दुनियामा नाम कमाएका छन्। मेक्सिक गोरकीले हात नभएर खुट्टाले लेखेर अपाङ्ता भएर पनि अन्तर्राष्ट्रिय स्तरको लेखक बनेर नाम कमाएका छन्।त्यस्तै पारिजात , झमक घिमिरेले हिडन नसकॐने भएपनि कथा उपन्यास लेखेर सबैको मन मस्तिष्कमा छाप छोडेका पु्व मन्त्री पौडेलको भनाई रहेको छ।
यदि साङ मान्छेको दिमाग ठिक सँग काम गर्देन , मस्तिष्कले राम्रा चिन्तन गर्दैन, सोंच राम्रो छैन भन्ने त्यस्ता व्यक्तिको शरिर दुरुस्त भएपनि पुर्ण अपाङ्ता हो, उनले भने।
मान्छेलाई पुर्ण बनाउने भनेको मस्तिष्क हो, त्यो स्वस्थ्य नभए मानिस अपाङ्ता नै हो तर हात खुुट्टा नभएर वा दृष्टि गुमाएका, सुन्ने क्षमता नभएका व्यक्तिले पनि अनेक प्रतिभाशाली हुन्छन्। मस्तिष्क सहि छ भन्ने साङ नै हुन्। जति रंग रुपमा सुन्दर भएपनि मस्तिष्कको चेेतनाले राम्रो सोंच्दैन भन्ने त्यो अपाङ्ता नै हो।
यो मानेमा युग बदलिको छ। कम्प्युटरमा सफ्टवेयर नभएमा केही कामको हुदैन तर शारिरीक अपाङता भएकाले पनि दिमाग ठिक ठाँउमा लगाएर जागिरे देखि विभिन्न सिपयुक्त काम गरेर उदाहरणीय बनेका अबर्ट आइन्सटाइन जस्ताको उदाहरण दिएर दृष्टान्त उनले सुनाएका थिए।
सो कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, नेपाल अपाङ् संघका जिल्ला अध्यक्ष गंगा वाग्ले, साथिका सरिता सापकोटा, लगायतकाले आफ्ना शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेल, वडाअध्यक्षहरु, पत्रकार दिवाकर भण्डारी, विदुर खडका, अनिल तिवारी, रन्जन यादव, अखिलेश यादव लगायतका उपस्थिति थिए।
अपाङता दिवसको अवसरमा विभिन्न संघ संस्थालको सहआयोजन तथा जितपुरसिमरा उप महानगरपालिका द्धारा आयोजित कार्यक्रममा संरक्षण नेपाल , जेजेवाईसि, साथि जस्ता एनजिओले सहायता सामग्री वितरणमा सहयोगी थिए।
बिभिन्न शारीरिक अपाङता भएका कलैया उप माहनगरका दुर्गा माविका ५० जना बालबालिकाहरु उपस्थित रहेका गोदावरी साहले बताईन्। उनी लगायत अन्य महिला सयौं पुरुष मध्ये ६१ थान १५ वटा ह्विल चेेयर र ट्राई साईकल, सेतो छडी, ईअर वड, स्टेशनरी लगायतका श्रोतजन्य सामग्री वितरण गरिएको जितपुरसिमरा उप महानगरपालिकाका नगर उप प्रमुख भोला अधिकारीले आफुले भोग्दै आएको अपङ्ताको पिडालाई मनन गरि सक्दो सहयोग गरिरहने बताएका छन्।
कार्यक्रका अध्यक्षता जितपुरसिमराका उपमेयर भोला अधिकारी र संचालन जेजेवासीका लक्ष्मी खरेलले गरेकी थिईन्।
ता