बारा प्रहरीले सावा ६१ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

दाश पन्न्नालाल
2 Min Read

संवाहक

अनलाईन / राषट्रिय दैनिक

१७ मंसिर, कलैया— जिल्ला प्रहरी मातहतका प्रहरी इकाईले  गाडी चेेकजाँचको क्रममा आज विलविजक नभएको झण्डेै सावा ६१ लाख बराबरको समान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले  गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी, समानको स्रोत खुलाउन नसकेको र आवश्यक कगजात नभएको अं.मुल्य रू. ६१ लाख १३ हजार ८ सय ५५ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले  मंसिर १६ गते ११:२० बजेको समयमा  सिमरा उप-महानगरपालिका वडा – २१ अमलेखगंज चोकमा प्रहरी बरिष्ठ नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३-०१-००५ ख ९४२२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३ लाख ३६ हजार ७ सय ७ रुपैया बराबरको चिनी-३५ बोरा, आलु- ६ बोरा, प्याज- ५ बोरा लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइएको जनाएको छ।

यसैगरि, ईलाका प्रहरी कार्यालय जीतपुरले
आज बिहान साढे तीन बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोकमा प्रहरी नायब निरिक्षक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३१ लाख ७९ हजार २२ रुपैया बराबरको तिरपाल,मोविल, पसास्टिक सतलि, सुटके, बकरम लगायत अन्य खुद्रा समानहरू समाएको छ।

त्पस्तै, प्रहरी चौकी पथलैयाले आज बिहान अं.०७:१० बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०२-०३-००१ ख ३६८९ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.२५ लाख ९८ लाख १ सय २६  बराबरको अटोपार्ट, लालीपप, चनादाल लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइऐको बताईएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *