एसपी खडकाको सक्रियताले बारा प्रहरीको ठुलो सफलता ! छव महिना अघि गोली हानी हत्या गरिएका क्याम्पस प्रमुख हरिभुषणको मुख्य हत्यारालाई पक्राउ,

दाश पन्न्नालाल
3 Min Read

       

      संवाहक 

    अनलाईन  / राष्ट्रिय दैनिक

१३ मसिर , कलैया–  प्रहरी उपरिक्षक महेन्द्र खडकाको सक्रियतामा  अथक प्रयासले बारा प्रहरीले छव महिना अघि हत्या गरिएका रामराजा क्याम्पासका प्रमुख हरिभुषण कुशवाहाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

दिनदहाडै हत्या गरि आतंक मचाएका अपराधी जहाँ लुकेपनि समाउन सफल भएकोमा प्रहरीमाथि जनताको विश्वास बढेको छ।

जिल्लामा दिनदहाडै मानिसको हत्या गरि फरार रहदै आएका हत्याको आरोपित हरेन्द्र कुशवाहा मंसिर १२ मा मोरङ्ग जिल्लाबाट  गोप्य सुचना र  सुक्ष्म अनुसन्धानबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न भएको भनिएका अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य भनेर अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहालाई पहिचान गरेका थिए।

हत्या आरोपित कुश्वाहा घटना पछि फरार ररहि कहिले भारत र नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन भने जानकारी प्राप्त हुन आएको हुँनाले निजलाई जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले मंसिर १२ गते पक्राउ गरी ल्याएको प्रहरी उपरिक्षक खडकाले प्रेस मिट गरि जानकारी गराएका छन् ।

२०८१।०२।३२ गते शुक्रबारका दिन जिल्ला बारा कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहालाई जिल्ला बारा आदर्शकोतवाल गाँउपालिका वडा – २ खजुरीया भन्ने ठाउँमा निजको आफ्नो घरबाट कलैयाबजार तर्फ आउने क्रममा साझँ सावा ५  बजेको समयमा गोली हानी हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेका जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं. २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहा समेत १७ जना ब्यक्तीहरू एकिकृत भई निज क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रउ खडकाले बताएका छन्।

उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको  र बाँकि ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद गरी अनुसन्धान प्रकृया पुरा गरी  जिल्ला अदालतको आदेशले हाल निज ८ जना ब्यक्तीहरु पुर्पक्षको लागि कारागार गएको उनले बताएका छन्।

हत्यामा संलग्न अभियुक्तहरुलाई ज्यान र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी प्रवकता प्रहरी नायब निरिक्षक प्रकाश सपकोटाले जानकारी गराएका छन्।

मुख्य अभियुक्त पक्राउ पछि मृतकका बुबा र घरपरिवार खुसी हुँदै न्याय मर्दैन कडा भन्द कडा कार्यावहीको अनुरोध गरेका न्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *