विश्व चर्चित गढीमाई पञ्चवर्षिय मेला भव्य सभ्य बनाउन मास्टरप्लान बनाईएको – मेयर एवम् समिति अध्यक्ष यादव

दाश पन्न्नालाल
2 Min Read

सरोज दास    –      संवाहक राष्ट्रिय दैनिक

१२ मंसिर, बरियारपुर —  बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलालाई भब्य र सभ्य बनाउनकोलागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताएका छन्।

मेला मंसिर ०१ गते देखि विधिवत शुरु भएको छ। मेलामा श्रद्धालु भक्तजनले प्रापत गर्न सकने  हरेक सेवा सुविधाको लागि भर्पुर व्यवस्थाको व्यवस्थापन मिलाईएको छ, उनले जानकारी गराएका छन्।

पञ्चवर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले अहोरात्र तिव्र रुपमा काम गरिरहेको छ । मेलमा कहि कतै कमि कमजोरी हुन नदिन निगरानी अनुगमन उप समिति पनि बनाईएको छ। यसको साथै यस नगरको नगर प्रमुख एवम् म स्वयम् मेला मुल समितिको अध्यक्ष भएको हैसियतले मेलाको हरेक पक्षमा सम्पुर्ण व्यस्थापनमा निगरानी राखेको छु, उनको भनाई रहेको छ।

नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन ,खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसार नै त्यस्ता साधनहरु र पसलहरुलाई ब्यवस्थापन गरिने बताएका छन्।

।अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ।दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा मध्यनजर गरि ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरि समिती र उपसमिति अबिराम काम गरिरहेको मेला मुल समितिले जनाएको छ।

विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन परियोजनको लागि पसल राखेको छ, त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरि अनुगमन उपसमिती काम गरिरहेको अनुगम उपसमितिका संयोजक दिप प्रकाश गुप्ताले  संवाहक संगको कुराकानीमा यस्तो बताएका छन्।

पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति तत्कालै कार्वाही गर्ने बताईएको छ।

मेलामा स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बतााएक छन् ।२४ औं घन्टा चिकित्सक ,नर्स लगायतका टोलिले शिविरमा सेवा प्रदान गर्ने छ।

मेला भर्न आउनेलाई सुरक्षित नि:शुल्क बासस्थानको लागि मेलाको चारैतिर टेन्ट व्यवस्थापन गरिएको छ। भव्य मेलाको छव ठाँउमा व्यवस्थित पार्किङ्गको व्यवस्थापन राखिएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *