४ जना फरार प्रतिवादी पक्राउ

दाश पन्न्नालाल
1 Min Read
 १० मंसिर, कलैया— बारा प्रहरीले बिभिन्न मुद्दामा अदालतबाट कसुरवार ठहरी कैद सजाय सहित जरिवाना भुक्तान नगरी लुकुछिपि बस्दै फरारको सुचिमा रहेका ४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरीएको जनाएको छ।
प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय र मातहत  प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले मुद्दामा बरदात पश्चात फरार रहेका  मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज  पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालतमा कलैयामा दाखिला गरिएको  प्रहरीले जानकारी गराएको छ।
पक्राउ पर्नेमा विश्रामपुर गाँउपालिका -१ घोडासहानका रिजवान नुरुल्लाह ठकुराई चेक अनादर कसुरमा रु. १ हजार जरिवानामा फरार रहेका थिए भन्ने सोही ठाँउका पशुराम कुशवाहा चेक अनादर मुद्दा मै रु २ दुई हजार,५ सय जरिवाना पाई फरार रहेका थिए
बाजुलहक अंसारी विश्रामपुर गा.पा.१ घोडासहानका चेक अनादर  र
.पुष्कर कुमार चौधरी महागढीमाई नगरपालिका – २ बरियारपुर बजारका चेक अनादरमा १ हजार जरिवाना भुक्तान नगरी फरार
रहदै आएका चारै जनालाई पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता  एवम् प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।
Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *