बारा प्रहरीले झण्डै ६४ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

दाश पन्न्नालाल
3 Min Read
          संवाहक
१० मंसिर, कलैया— बारा प्रहरीले चेकजाँचको क्रममा झण्डै ६४ लाख बराबरको श्रोत खुलाउन नसकेका समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले गाडीहरूलाई रोकी चेकजाँच गरेका थिए।
चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६३ लाख ६८ हजार ५ सय ५५ रूपैया बराबरको बरामद गरिएका विभिन्न समानहरू आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जानकारी गराएको छ।
 ईलाका प्रहरी कार्यालय जीतपुरले मंसिर ९ गते राति करिब साढे ११ बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – ७ जीतपुर चोकबाट  प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३-००२ ख ०३१४ नं. को मिनि ट्रकमा लोड गरेको अं.मुल्य रू.४२ लाख ९३, हजार ८ सय ७० रुपैया बराबरको बिल बिजक भन्दा बढी सेम्फु, जिलेट सरफ लगायत अन्य खुद्रा समान नियन्त्रणमा लिईएको जनाएको छ।
 ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर ९ गते राति अं.११: ४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – २१ अमलेखगंज चोकमा  प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश -०१-००६ ख३७४१ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू.१४ लाख ७९ हजार ७ सय ५० रुपैया बराबरको कुनै किसिमको बिल नरहेको केराउ ५० बोरा अन्दाजी १ हजार ५ सय किलोग्राम, रहरको दाल ५० बोरा १ हजार ५सय केजी,  भुटेको चना १० टन ५० केजी, नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पथलैया ले आज  लगभग ०३:२० बजेको समयमा  जीतपुर सिमरा उप महानगरपालिका – १ पथलैया चोकबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५ नं.को यात्रु बाहक बसमा लोड गरेको करिब मुल्य रू. १ लाख ४४ हजार ९ सय ३० रुपैया बराबरको कुनै किसिमको बिल नभएको खुकुरी-५९ पिस, काजु-३५ केजी र काँचको थाल-२ पोका नियन्त्रणमा लिईएको छ ।
त्यस्तै ,सोही ठाँउबाट अं.३:३ बजेको समयमा सर्लाहीबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०२-०३-००१ च ३३६५ नं.को पिकअप गाडि लोड गरेको अं.मुल्य रू. ४ लाख ५० हजार बराबरको बिळभाउचर नभएको ५६ कार्टुन टायरमा हाल्ने लिकियुड र १ हजार ३ सय ४४ पिस रबर प्रहरी समाति बरामद गरिएको विभिन्न समानहरु अनुसनधान कार्यालय पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन।
Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *