संवाहक
८ मंसिर, बरियारपुर— पर्यटन प्रबर्द्धनमा अचेल दिनहूँ मन्त्रि नेताको ओईरो लाग्ने गरेकोमा आज संघिय सरकारको कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय चौरसियाले आज बाराको महागढीमाई नगरपालिका -१ स्थित बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको अवलोकन तथा गढीमाईको दर्शन गरेका छन्।
पशुवलीले गर्दा विश्वको चर्चामा रहेेका गढीमाई मेला व्यवस्थापनमा संघिय सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। गढीमाई हिन्दुहरुको आस्थाको धरोहर रहेकोमा मेला सभ्य र भव्य बनाउनमा थप जे जति सहयोगको लागि सरकारमा पहल गर्ने आश्वासन दिएका छन्।
मन्त्री चौरसियालाई महागढीमाई नगरका मेयर यादवले स्वागत गरेका हुन्। मन्त्रिको स्वागार्थ कांग्रेसका जिल्ला स्तरका नेताकार्यकर्ता उपस्थिति रहेका थिए।
यसरी मेलाको तयारी देखि शुरु भएसम्म संघ र प्रदेशका दर्जनौ मन्त्री र नामुद नेताको अवलोकन र दर्शन गर्न दिनहुँ ओईरो लागेको छ। मधेश प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरू गढीमाई दर्शन र मेलाको अवलोकन भ्रमणमा प्रतिबद्धता मात्रै बाँडेर कोरम पूरा गरेका छन्।
पछिल्ला दिन कांग्रेसका नेताको मेला अवलोकन र गढीमाई दर्शनको लागि स्वागत कार्यक्रममै बढी समय खर्चेको देखिएको छ।
संघिय मन्त्रीहरु छिमेकी जिल्ला पर्साका खानेपानी मन्त्री प्रदिप कुमार यादव तथा कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय चौरसिया मेलको दृश्यावलोकन गरेर फर्केका छन्।
मेलाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव आफैले मेला अध्य्यक्ष भई मोर्चा सम्भालेका छन्। संघ र प्रदेशको खोक्रो आश्वासन वाहेक खासै योग्दान नदेखिएको गुनाासो सुनिन थालेको छ।
मेला भर्न लाखौ स्वदेशी तथा विदेशी खास गरि छिमेकी मुलुक भारतबाट उल्लेख्य दर्शनार्थी भिड हुन्छ। मंसिर १ देखि विधिवत मेला शुुरु भएको छ। मानिसले आफ्ना ईच्छापुुर्ती हेतु पशुपंक्षिको भाकल गरि बलिको रुपमा चढाईने परम्परा सयौं वर्ष देखि चल्दै आएको हो।
आजको अवस्थामा मेलामा व्यवस्थपानमा अझै जग्गा वितरण र पसलको टहरा बनाउने मात्रै तयारी भईरहेको देखिन्छ यद्धपी पसल, पिङ लगायत मनोरञ्जका लागि टेन्ट व्यवस्थापन तिब्र गतिमा चलिरहेको छ।