गढीमाई मेलाको अवसरमा कांग्रेसका महामन्त्री शर्माले गरे दर्शन अवलोकन

दाश पन्न्नालाल
2 Min Read

      संवाहक

६ मंसिर, बरियारपुर– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गढीमाई पञ्चवर्षिय मेलाको अवोकन सँगै गढीमाईको पूजा दर्गशन गरेका छन्।

महामन्त्री शर्मालाई कांग्रेसका नेता कार्यकर्ताले फुल माला लगाई भव्य स्वागत गरेका हुन्। पञ्चवर्षिय गढीमाई मेला भव्य र सभ्यताका साथ सम्पन्न गर्न संघिय सरकारबा भरपुर सहयोगको पहल गर्ने छु।मेला समिति र कांग्रेसद्धारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन्।

महागढीमाई नगरपालिकाले आफ्नेै एकल प्रयासमा लगाउदै गरेको लाखौ मानिसको भिड  हुने गढीमाई मेलालाई व्यवस्थित बनाउन संघिय सरकार, प्रदेश सरकारले मेलाको व्यवस्थापकिय पक्षमा सघाउन जोड दिएका छन्।

मेला सांस्कृतिक र धार्मिक पर्यटन प्रबर्द्धनले देशको अन्तर्रााष्ट्रि्य स्तरमा ख्या्ति कमाउने उनले बताएका छन्।

भुलेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य महागढीमाई नगर उपप्रमुख तारादेवी कानु र संचालन गढीमाई मेला  मुल  समितिका महासचिव नेविस संघका पुर्व सभापति विरेनद्र यादवलेले संचालन गरेका हुन्।

रौतहट उपनिर्वाचनमा प्रचारप्रसारको लागि महामन्त्री शर्मा जाँदै गर्दा उनी सम्बद्ध पार्टीका स्थानिय नेता कार्यकर्ताले  सिमरा एयरपोर्ट , कलैया, बरियारपुर , आर्दशकोतवाल लगायतको ठाँउमा स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा कांग्रेस पार्टी मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव ,  क्षेत्र- १ का क्षेत्रिय सभापति एवम्  सिम्रौनगढका पुर्व मेयर विजयशंकर यादव, जिल्ला उपसभापति मनोज भट्ट, जिल्ला सचिि भैयाराम यादव, २ नं का क्षेत्रिय सभापति रामप्रवेश यादव, वडा -१ का वडाअध्यक्ष  मनोज साह , ५ का वडाअध्यक्ष गजेन्द्र जयसवाल, तरुण दलका पुर्व आध्य्यक्ष लुकेश सिंह, तरुण दलका जिल्ला अध्य्यक्ष दिपेन्द्र पटेल लगायतका उपस्थित रहेका थिए।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *