३० कार्तिक, बरियारपुर । पशु वलिले विश्व प्रख्यात एसियाको ठुलो मेला गढीमाई पञ्चवर्षिय मेलाको भव्य र सभ्य आयोजन हुन लागेको छ। मेलायहि मसिर महिनामा लाग्ने छ।
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी तीव्र भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी गराएका छन्।
मेलाको शोभा बढाउन अवलोकन भ्रमण साथै धार्मिक पर्यटन प्रबर्द्धनको लागि देशका सर्बोच्च निकाय राष्ट्रपति सहित उच्च ओहदाकालाई आमन्त्रण गरिएको छ।
मिति २०८१/०८/१७ दिनाङ्क (2024/12/2) देखि २०८१/०८/२६ (2024/12/11) सम्म मेला रहने छ।
राङ्गा बलि २०८१/०८/२३ दिनाङ्क (2024/12/08) गते र बोका बलि र मिति २०८१/०८/२४ गते 2024/12/09) दिइने कार्यतालिका तय गरिएको मेला समितिले जनाएको छ।
एक हजार बिगाहामा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजार भन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, २७ सय पसल, नेपाली सेनाको तर्फबाट १० वटा भेन्टिलेटर सहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माणको तयारी छ।
एक हजार पाँच सय सुरक्षाकर्मी टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी ट्राफिक प्रहरी र दुई सय नेपाली सेना परिचालन गरिने तथा मेलामा आकसमिक बिपत व्य वस्काथापनका लागि पुरै तयारी गरिएको छ, मेला मुल समितिका अध्यक्ष यादवले बताएका छन्।
शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रूपमा गरिरहेको समेत जानकारी गराएका हुन्।
भन्सार प्रमुखहरूसँग कुरा गरि मेला भर्न आउने भारतिय भक्तजनहरूका लागि आजैदेखि गढीमाई मन्दिरसम्म आउने नाकाहरू रक्सौल, मटिअर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारी साधनहरूलाई नि: शुल्क ईन्ट्री गरेर सहज रूपमा आउने वातावरण मिलाएको महागढीमाई नगरपालिकाका नगर प्रमुख समेत रहेका मेला अध्यक्ष यादवले जानकारी गराए ।
भारतको विभिन्न ठाउँबाट आउने भक्तजनहरूको सुविधाका लागि ट्रेनको भाडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीहरूसँग आग्रह गरिएको सहजताको आश्वासन पाईएको उनले जानकारी गराए।
गढीमाई मेलामा हजारौ पशु पंक्षिको वलि चढाइने प्रचलन रहेको छ। लाखौलाख मानिस गढीमाईको दर्शन गर्न आउने गरेका छन्। विशेष गरि भारतिय श्रद्धालु विहार , युपी लागयतबाट अत्यधिक मेला भर्न आउने गरेका छन्।
मेलालाई आकर्षक बनाउन दैनिक संध्याकलिन गंगा आरती भइरहेको छ। बाटोघाटो ट्राफिक व्यवस्थापन सहित मेलामा प्रवेश गरिने नाका र बाटोको पहिचान गरि नक्साङ्न गरिएको त्यस कोलागि धान कटाई तिब्र पारिएको छ।
जग्गाको वितरण र पसल स्टलहरुको लागि कार्य धमाधम अघि बढिरहेको गढीमाई मेलाको प्रचारप्रसार उपसमितिका संयोजक नरेश गुपताले जानकारी गराएका छन्।