जिल्लामा न्ति सुरक्षा पहिलो प्राथमिकता हो, नागरिक मैत्री सेवाप्रवाहले शुशासनको अनुभत गराउने प्रतिबद्धता-बारा प्रजिअ अधिकारी

दाश पन्न्नालाल
5 Min Read

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाको शान्ति, सुरक्षालाई पहिलो प्राथमिकता हुने बताएका छन्।

सिडियोले  मुख्यत ४ वटा हेर्ने र गर्न कार्य मध्ये पहिलो प्राथमिकतामा शाान्ती सुरक्षा अमन चयन रहेको छ भन्ने त्यसपछि शुशुाासन तेस्रोमा सेवा प्रवाह र विकास निर्माणको काममा सहजिकरण गर्ने प्रजिअ अधिकारीले बताएका हुन्।

अनुसुची ५ बमोजिमको काम कर्तव्यमा संघिय कानुनको परिपालनामा कतै पछि नहटने  र अनुसुचि ८ को परिपालना पालिकाले निवार्ह गर्नु पर्ने औल्याका छन्।

जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा बाराली पत्रकारहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला  अधिकारीले जिल्लाको शान्ति, सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

काममा ढिला सुस्ति दुषित मानसिक्ताको सुधार आफ्नेै कार्यालयबाट शुुरुवाात गरि सेवाग्राहीलाई नागरिक मैत्री सेवाप्रवाहको अनुभुत गराउने आश्वस्त पारेका छन्।

नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी , परिचयपत्र, ठाडो उजुरी लगायतबारे नागरिकले सास्ती अनाश्यक झन्झट अब देखि नव्यहोर्न भित्रैको कर्मचारीको मानसिक्ता र पुर्वाधार बदलेर सुशासनको अनुभुति दिलाउने उनको अठोट रहेको छ।

जनताको कामकाज बिना झनझट छिटो र छरितो गर्ने मातहतका कार्यालयका कर्मचारीलाई निर्देशन दिने काम भईसकेको हुँदा सेवा प्रभाहमा कुनै कमी नआउने दावी समेत प्रजिअ अधिकारीको दाबी छ।

यस सँगै विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला चुुनौती र अवसरको रुपमा रहेको उनले बताएका छन्। पछिल्लो मेलामा ६० लाखाानिस मेला अवलोकन गरेका सुनेका छौ, यसपाली करोडको हाराहारीमा मानिस को आवागमनले शान्ति सुरक्षाको चुनौती थपेको छ।

मंसिर १ गते देखि लग्ने मेलामा २३ देखि २५ गतेसम्म अनि १० दिनसम्म भिड भिडभाड नियन्त्रण , वलि व्यवस्थापन , राङ्गा काटिसकेपछि व्वस्थापन , अरु वली ,  यातायात, खानेपानी , मोवाईल नेटवर्क लगायतका व्यवस्थापन गर्न निश्चित रुपमा अपरिहार्य छ, उनले थपे।

प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको समग्र विकासका लागि सबैको साथ सहयोग पाउनमा आफु आशावादी रहेको उनले बताएका छन्

आफूले यस जिल्लामा मालपोत कार्यालयमा काम गरिसकेकोले जिल्लाको बस्तु स्थितिबारे जानकार रहेको  बताएका छन्। जागिरको क्रममा शिविर वयवस्थापन कार्यालय  चितवन, सुर्खेतमा ३ वर्ष र स्थानिय विकास अधििकारीको रुपमा मनाङ्ग , नवलपरासी, वर्दया, चितवन  र यातायात व्यवस्था  कार्यालय, बागमति प्रदेशको पहिलो अर्थ सचिवको रुपमा काम गरेको अनुभव प्रजिअ घअधििकारीसँग रहेको छ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीको रुपमा बुटवल, सुर्खेत ,रहिसकेका छन्।भन्ने संघिय मामिला तथा समानय प्रशासन मन्त्रालयको प्रवक्ता र काठमान्डौ महानगरपालिकाको हाकिमको रुपमा १७ महिना काम गरि  विपद व्यवस्थापन प्राधिकरणको अनुभव बटुली काम कार्यवाहीमा पोख्त बताईएको छ।

कालो बजारी, अपराध र भ्रष्टाचार आफूले शून्य सहनशीलतामा राखेर अगाडी बढने बताउदै अवैध रुपमा संचालन भईरहेको मदिरा भठीहरुलाई नियन्त्रण गर्ने , लागु औषध नियन्त्रण, चोरी पैठारीलाई नियन्त्रण गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रजिअ अधिकारीको भनाई रहेको छ।

फरक प्रसंगमा प्रजिअ अधिकारीले पित पत्रकारिता नगर्न आग्रह गर्दे सत्यलाई सत्य र असत्यलाई असत्य भनी दिन र पोजेटिभ कुरो उठानले मान्छेमा बदलाव आउने भएको सबै पत्रकारहरुलाई सहयोग गर्न आग्रह गरेेका छन्।

कसैको दवाव र प्रभावमा नपरी कानुन बमोजिमको काममा मेरो हात कहिलेपनि नडगमागाउने प्रतिवद्धता ब्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयबाट नै सुशासनको अनुभुती सर्व सधारण नागरिकलाई दिने कामको शुरुवातको गर्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभएको हो ।

संघियता आएपछि धेरै अधिकार स्थानिय तहलाई दिएको हुदा धेरै कुराहरु चाहेर पनि तुरन्तै एक्सनमा गएर प्रक्रिया अगाडी बढाउनेमा केहि समस्या सृजना हुने बताउदै फेरि पनि त्यो बहनामा कसैलेपनि कानुनलाई मिचेर जान छुट नभएको प्रजिअ अधिकारीको भनाई रहेको छ ।
पलिकाहरु संग समन्वय गरि धेरै कामहरु गर्ने सोच रहेको उनले बताएका छन्। जिल्लाको नाकाहरुको विषयमा अनुगमन, बजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन, सुचना सहज र सुलब रुपमा उललब्ध गराउने देखि मालखाद उपलब्ध गराउन,लागऔषद नियन्त्रण, खोलाको दोहन रोक्न, जुवातास नियन्त्रण गर्न एवम क्रसरलाई नियमन गर्नुको साथै समाजका रहेको बिकृति, बिसंगतिलाई चिरदै सभ्य समाज निर्माणका लागि लागी पर्ने प्रजिअ अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन्।

समाजमा कुप्रथाकोरुपमा जरा गाडेको बोक्सी प्रथा र जातिय विभेद कानुनी रुपमा सामाजिक अपराध सँगै दण्डनिय छ। कसैले त्यस्ता कार्य गरे पिडक उम्कन नसक्ने त्यस्तालाई कार्यवाही गरिने जनाएका छन्।  सोही अवसरमा छठ पर्वको अवसरमा जिल्लावासीलाई सुख शान्ती र समृद्धिको शुभुकामना व्यक्त गरेका हुन्।

परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिज्ञास र सुझाव राखेका थिए।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *