९ कार्तिक , कलैया । बारा प्रहरीले आज विहानै ८ बजे २५ लाख बराबरको १४ किलो अबैध चाँदी सहित २ जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पचिस लाख बराबरको उक्त चाँदी समाएको हो
पक्राउ पर्नेमा ना ५२ प २५८४ नं. को २२० सिसि पल्सर मोटरसाईकल चालक बारा प्रसौनी गाँउपालिका – ६ प्रस्टोका बस्ने अं. वर्ष ३३ को सन्तोष साह सोनारको साथबाट ९ किलो चाँदीको गरगहना अं. मुल्य रू. १६ लाख १० हजार ३ सय २५ बराबरको बरामद गरि पक्राउ गरिएको छ ।
भन्ने ना ५५ प ३९३२ नं. को १५० सिसि पल्सर मोटरसाईकल चालक जीतपुर सिमरा उपमहानगरपालिका- ८ गमरगावाटोल बस्ने अं. वर्ष २७ को सुरेश महतोको साथबाट ५ किलो चाँदी अं. मुल्य रू. ८ लाख ९४हजार ६ सय २५ बराबरको विभिन्न किसिमको गरगहनासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साह र महतो जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज स्थित पथलैयाबाट हेटौडा तर्फ जादै गरेको मोटरसाईकलहरू शंकास्पद लागी रोकी चेक जाँच गर्दा मोटरसाईकलको ट्याङ्की भित्र फल्स बटम बनाई लुकाई छिपाई लगी रहेको १४ केजी अवैध चाँदी बरामद गरिएको त्यसको बजार भाउ करीब २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको रहेको बताईएको छ।
बरामद चाँदी सहित उनी दुवैजनालई प्रहरीले नियन्त्रणमा राखी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।