पिप्राविर्तामा वडाअध्यक्ष शुक्लाले गरे मेलाको उदघाटन

५ कार्तिक, कलैया । महागढीमाई नगरपालिका- ९ स्थित पिप्राविर्तामा महाविरी मेलाको शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष दिलिप शुक्लाले उदघाटन गरेका हुन्।

सो अवसरमा वडा अध्यक्ष शुक्लाले सभ्य र शान्तिपुर्ण ढंगले दुई दिनसम्म लाग्ने मेलापात र मनोरञ्जनको आनन्द लिन सम्पुर्ण वडावासी लगायत मेला भर्न आएकालाई आग्रह गरेका थिए।

प्रत्येक साल झै यस वर्ष पनि भव्य र धुमधामका साथ लागेको महाविरी मेला धर्म संस्कृतिको जगेर्नाको निरन्तरता भएको उनले बताए। साथै नजिकिदै गरेको हिन्दुहरुको महान दिपावली तथा छठ पर्वको सुख समृद्धिको शुभकामना व्यक्त गर्दै सबै मिलि सौहाद्रपुर्ण बातावरणमा मेला सम्पन्न गर्न सुझाएका थिए।

स्थानिय समाजसेवी एवम् नेपाल पत्रकार महासंघका वारा शाखाका कार्यसमिति सदस्य पन्नालाल दासले मेलाका आगन्तुक तथा वडावासीलाई शान्तीपुर्वक रमाईलो गरि मेला हेर्न सुझाएका थिए। एक आपसमा भाईचाराको संदेश दिन आ-आफ्नो ठाँउबाट एक कदम अगाडी बढाउनु पर्ने बताए।

सो अवसरमा मगनपा-९ का वडा सदस्य उमेश दास,रामदुलार महतो,र विष्णु बैठा, मेला समितिका पुनित यादव,ईनरदेव यादव,मठका साधुबाबा लगायतका उपस्थित रहेका थिए।

वडा अध्यक्ष शुक्लको अध्यक्षतामा गत शनिवार देखि विधिवत शुरु भएको सो मेला आइतवार रातीसम्म रैथाने नाचको मनोरञ्ज्जसँगै स्थानिय मेला सम्पन्न भएको हो।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *