विरगंज मितेरी पुलमा भारतिय एसएसबीले चलाएको गोलिले स्थानियमा त्रास

दाश पन्न्नालाल दाश पन्न्नालाल 240 Views

२९ असार,पर्सा । नेपाल- भारत सिमा स्थित विरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित मितेरी पुलको दक्षिणपट्टी दसगजामा गोली चलेको छ। 

प्रत्यक्षदर्शीहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ छिरेर गोली चलाएको आरोप  छ।

स्थानीय स्रोतका अनुसार, केही व्यक्तिहरू कबाडी सामान बोकेर नेपालतर्फ ल्याउँदै थिए, यसक्रममा भारतीय एसएसबीले उनीहरूलाई रोक्ने प्रयासमा गोली चलाएको बताइएको छ। यस घटनामा भने कुनै मानवीय क्षति नभएको जनाइएको छ।

पर्सा प्रहरीका अनुसार घटनास्थलमा गोलीको खोका फेला परेको छ तर गोली कसले चलाएको भन्ने बारेमा अझै पुष्टि भएको छैन। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सीमामा यसप्रकारका घटनाहरूले सुरक्षा संवेदनशीलता माथि थप प्रश्न उठाएको छ भने स्थानीयमा त्रास छाएको छ। 

प्रतिक्रिया
Share This Article