कोल्विमा हात्तिले एक जना बृद्धको ज्यान लियो

२८ असोज, कलैया । बाराको कोल्हवीमा आज विहानै हात्तिले एक जना बृद्धलाई कुल्चेर मारेको बारा प्रहरीले जनाएकि छ।

कल्हवी नगरापलिका-२ का ६३ वर्षिय हस्तबहादुर ठोकरलाई घाँस काटि फर्किरहेको वेला सोही वडाको पुरानो काँटा नजिक वन छेउमा हात्तिले आक्रमण गरि मारेको हो।

अबेर ठोकर घर नपुगेपछि खोोजतलास गर्दा हात्तिले मारेको लास भेेटिएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकरी गराएका छन्।

मृतक ठोोकरको लास पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ। केहिदिन अघि सोही ठाँउमा हात्ती करेन्ट लागेर मरेका थिए। सो वनक्षेत्रमा हात्तिको त्रास फैलिएको स्थानियले बताएका छन्।

 

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *