२१ असोज , कलैया ।
बारा प्रहरीले आज कलैयाबाट ४ जना भारतिय लुटेरालाई बाईक सहित पक्राउ गरेको छ। एक ज्येष्ठ नागरिकले प्रभु बैंकबाट रकम निकालि जाँदै गर्दा बाटोमै दिनदहाडै लुटी परार रहदै आएका थिए ।
सोही बमकबाट पुन: अरु मानिसलाई लुटपाट गर्ने योजना बनाईरहेको बखत बैंक अगाडीबाटै उनिहरुलाई जिल्ला कार्यायका प्रहरीले पक्राउ गरिएको हो।
असोज १ गते सावा १२ बजे दिउँसै कलैया उपमहानगरपालिका -१ स्थित प्रभु बैंक अगाडी बाटै वडा नं- १३ बलिरामपुर बस्ने एक जना जेष्ठ नागरिकले प्रभु बैंकबाट ५० हजार रकम निकाली घरतर्फ जादै थिए ।
लुटेराहरुले बैंकबाट रकम निकाल्न जान लागेको पुर्व सूचना लिई भारतीय नम्बर प्लेट BR22BJ 3164 नम्बरको मोटरसाईकलमा आएका २ र अन्य २ गरी ४ जना अपरिचित ब्यक्तिहरूले जेष्ठ नागरिकलाई पच्छ्याई बाटोमा हिड्दै गर्दा एक्कासी चारै जनाले घेरी चक्कु (छुरा) देखाई तर्साई, धम्क्याई रकम लुटी फरार भएका थिए ।
सो घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भए पश्चात ति लुटेराहरूको खोजतलास गरीरहेकै अवस्थामा पुनः सोही स्थानमा नै उक्त ब्यक्तिहरु देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सुचना समेत प्राप्त भएकोले विशेष प्रहरीको टोलीले ती लुटेराहरु सहित भारतिय नम्बर प्लेट BR22BJ 3164 को मोटरसाईकल समेत बरामद गरी आवश्यक थप अनुसन्धान भईरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।
रकम लुटपाटमा पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी, वडा नं. ४३ रानी पोखरी टोल बस्ने भिखन प्रसाद बानीयाको छोरा बर्ष ५९ को सुरेश प्रसाद बानीया, रहेका छन्।
ए
त्यसैगरि, सोही ठाउँका वडा नं. ४४ रानी पोखरी टोल बस्ने नथुनी मुखियाको छोरा ४५ बर्षका शर्मा मुखिया, उमेश तिवारीको छोरा बर्ष ३५ को शैलेश तिवारी र जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने बिष्णुदेव दासको छोरा बर्ष ३४ को रबि दास रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।