बारा प्रहरीले छापामारी साढे दुई लाखको ६१बोरा चिनी बरामद

दाश पन्न्नालाल दाश पन्न्नालाल 230 Views

 ८ असोज, कलैया  ।  बारा प्रहरीले आज साढे १२ बजे कलैयाको सिसहनिया स्थित एक घरमा छापा मारेर साढे दुई लाख भन्दा बढीको चिनि बरामद  गरेको छ।

कलैया उपमहानगरपालिका -२५ का तजमोदिन अंसारीको घरमा छापमारी गरिएको  प्रहरीले जनाएको छ।

  अंसारीको घरमा भारतबाट भन्सार छली, चोरी पैठारी गरी चिनि र बोरा सिलाउने मेसिन राखेको छ भन्ने गोप्य सूचनाको आधारमा  जिल्लाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा अं.मुल्य रू.२ लाख ५९ हजार बराबरको चिनि-६१ बोरा र बोरा सिलाउने मेसिन-१ थान बरामद गरिएको हो।

भंसार छलीका उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाईएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

स्रोतका अनुसार बरामद गरिएको सो चिनी प्रभकर नाम गरेको तस्करको थियो । तस्करले भारतबाट चिनी ल्याएर सिसहनियामा थुपारेर बिल काटेर काठमाडौ पठाउने गरेका थिए ।

प्रतिक्रिया
Share This Article