निजगढको उनासी पुलमा बस दुर्घटना हुँदा एकको मृत्यु ४३ घाइते

दाश पन्न्नालाल दाश पन्न्नालाल 221 Views

३१ भाद्र कलैया। बाराको पूर्ब पश्चिम राजमार्ग स्थित उनासि भन्ने पुलमा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भन्ने ४३ जना यात्रु घाईते भएका छन ।

गएराति एक बजे काकडभिट्टा देखि दाङ तर्फ जादै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलबाट ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन ।

मृत्यु हुनेमा दाङ देउखुरी गटवा ५ बस्ने अन्दाजी बर्ष ४५ को चेतन राय यादब रहेका छन । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा १० जना सिकिस्त घाईतेलाई बयोधा अस्पताल बिरगंजमा थप उपचारका लागि रिफर गरिएको छ । अन्य सामान्य घाईतेको निजगढमै उपचार भईरहेको छ । घाईते सबैको पहिचान खुलेको छ।

 घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पताल निजगढमा उपचार भईरहेकोमा सिकिस्त घाईते भएकाहरुलाई थप उपचारका लागि बिरगन्जको बयोधा अस्पताल पठाईएको छ ।

सख्त घाईते भई बिरगन्ज रिफर गरिएकाहरुमा बस चालक सल्यान सारदा नपा ३ बस्ने ४० को भोला ब. भण्डारी, प्युठान सरुमाइरानी ३ बस्ने बर्ष ४६ को ईमा राम सुनार र सुर्खेत भेरी गंगा नपा ११ बस्ने बर्ष २५ को सोनु बि.क. रहेका छन ।

त्यसैगरी अर्घाखाची सितागंगा ७ निवासी २७ बर्षिय रोम बहादुर राउत, प्युठान बांगेशाल नपा १ निवासी ३५ को बल बहादुर दमाई, सल्यान सारदा ५ बस्ने बर्ष ५५ को बल बहादुर मगर रहेका छन । त्यस्तै दाङ मटिअर्वा ५ बस्ने बर्ष ३५ को दयाराम यादब, दाङ राजपुर बर्ष २१ को चितराम यादब, प्युठान हंसपुर ३ बस्ने बर्ष ५९ को गंगाराम बि.क., धनकुटा चौबिसकोटी ५ बस्ने बर्ष ३५ की खेम कुमारी याखा रहेका छन ।

अगाडिको पट्टा भाचिदा बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताएका छन्।

प्रतिक्रिया
Share This Article