बारा प्रहरीले पक्राउ गरेका ८० लाख बराबरको समान सहित ट्रक कारवाहीको लागि पठायो

२८ भाद्र, कलैया। बारा प्रहरीले ८० लाख बराबरको अवैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ। हिजो मातहतका प्रहरी ईकाईले विभिन्न ठाँउबाट चेेकजाँचको क्रममा राजश्व छलिका सामग्रि समातेका छन्।

महागढीमाई नगरपालिका – ८ अर्नाहा चोकबाट भन्सार छली गरी ना. २६ प १४१३ नं. को मोटरसइकलमा लोड गरी ल्याउदै गरेको कलश १ सय १५ पिस, हत केश १० पिस, किस्ती २६ पिस गरी जम्मा मुल्य रू. १ लाख ५६ हजार बराबरको सामान नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको प्रहरीले जनाएको छ।

मिति २०८१/०५/२७ गते यस कार्यालय तथा मातहत समेत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न वमोजिमका भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.८० लाख ५ हजार ३ सय ४७ रूपैया बराबरको विभिन्न समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी निम्न स्थानहरूमा बुझाईएको व्यहोरा सूचित गरिन्छ।

इलाका प्रहरी कार्यालय प्रसौनीलबाट  खटिएको प्रहरी टोलीले  परवानिपुर गाँउपालिका – ४ चैनपुरमा वीरगंजबाट पथलैया जादै गरेको बिभिन्न किसिमको सवारी साधनहरूलाई रोकी चेक चाँज गर्दा बिल भरपाई नभएको अं.मुल्य रू. २लाख ७८ हजार ७ सय १० बराबरको  किराना समानहरू बरामद गरि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको बताइएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उप महानगरपालिका – २१ अमलेखगंजमा वीरगंजबाट हेटौडाँ तर्फ जादै गरेको ना ३ च ५९०८ नं. को पिकअपलाई रोकि चेक जाँच गर्दा बिल भरपाई नभएको अं. मुल्य रू.१४ हजार ४ सय बराबरको लोड गरेको ४ बोरा प्याज अं. १ सय ६० किलो र

वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४४ नं. को डिब्बे ट्रकलाई रोकी चेकजाच गर्दा विल बिजक भन्दा बढी समान रहेको र सपोटिङ बिल नभएको अं. मुल्य रू.७५ लाख ०८ हजार २ सय ३७ बराबरको कम्प्युटर पार्टस, ईलोक्ट्रोनिक्स सामान, कस्मेटिक आईटम लगायत विभिन्न खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।

अस्थाई प्रहरी पोष्ट बसपार्कले कलैया उपमहानगरपालिका – १ स्थित डेरा गरी बस्ने दिपक कुमार साहले अबैध रूपमा भन्सार छली गरी ल्याई घरको कोठा भित्र लुकाई छिपाई राखेको १२ बोरा चिनी ६ सय किलो अं. मुल्य रू. ४८ हजार बराबरको बरामद गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको बारा प्रहरीले जनाएको छ।

बारमद गरिएका भन्सार छलीका र बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.८० लाख ५ हजार ३ सय ४७ रूपैया बराबरको विभिन्न समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको  बुझाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायाब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *