२८ भाद्र , कलैया ।बारा प्रहरीले साढे ३१ लाख बराबेको समान सहित ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी र मातहतका इकाइले विभिन्न ठाँउबाट चेकजाँचको क्रममा सो परिमाण बराबरको राजश्व छलीका समान पक्राउ गरेको जनाएको छ।
भदौ २६ गते विहान.कलैया उपमहानगरपालिका – १ कलैया चोकबाट भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कड्डु १८ पिस, सुतिको गम्छा २६ पिस गरी अं. मुल्य रू. १८,हजार बराबरको सामग्रि बरामद गरेको छ।
यस कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न वमोजिमका भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सूचित गरिन्छ ।
यस्तै इलाका प्रहरी कार्यालय जीतपुरले भदौ २६ गते बेलुका जीतपुर सिमरा उपमहटनगरपालिका – ७ जीतपुर चोक स्थितमा वीरगंज बाट पथलैयातर्फ जादै गरेको ना. १ ज ३२४२ नं. को म्याजिक गाडीलाई रोकी चेकजाच गर्दा डिक्की भित्र लुकाई छिपाई लगि रहेको २ बोरा चिनी अं. मुल्य रू. ९ हजार बराबरको पक्राउ गरेको छ।
यस्तै, बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना. ७ ज ५९२७ नं. को डिब्बे ट्रकलाई रोकी चेकजाच गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको अ.मुल्य रू. २७ लाख ५० हजार ५ सय ८९ बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनीले भदौ २६ गते बिश्रामपुर गााँउपालिका-.२ घोडासहन स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अं. मुल्य रू. २० हजार बराबरको किसमिस,
प्रहरी चौकी पथलैयाले भदौ २६ मा जीतपुर सिमरा उ.म.न.पा. – १ पथलैया चोक स्थितमा बिराटनगरबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र. १-०२-००२- ख ०१६२ नं. को बसलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी रहेको अं. मुल्य रू ३ लाख १६ हजार ८ सय बराबरको ३ सय ९६ पिस कपडा नियन्त्रणमा लिएको छ। यसैगरि
२६ गते जीतपुर सिमरा उ.म.न.पा.-१ पथलैया चोक स्थितमा रौतहटबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०३-००१ ख २४९७ नं. को बसलाई रोकी चेकजाच गर्दा बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको चिनी ५० किलो, प्याज ४ सय किलो, सुर्ती ४० किलो गरी अं. मुल्य रू. २७ हजार बराबरको खााद्य सामग्री पक्राउ गरेको छ।
प्रहरी चौकी कचोर्वाले।मिति भदौ २६ मा सिम्रौनगढ नगरपालिका – ९ बसवरीया स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अं. मुल्य रू. १० हजार ,८० बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
यस कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानमबाट भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।