सर्प दंशबाट बालकको अकाल मै मृत्यु

दाश पन्न्नालाल दाश पन्न्नालाल 237 Views

२६ भाद्र ,कलैया ।  बारामा विषालु सर्प दंशबाट सोमबार एक जना बालकको  मृत्यु भएको छ ।

  मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० का शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।

मृतक शर्म गाई गोरुले खाने भुस राखेको घर (भुसौली)मा सुतिरहेको अवस्थामा करिब ३ बजे गोमन सर्पले दंशेका थिए। मुसा कि सर्प ठम्याउन हेर पर्खको अलमलमा शशिर भरि विष फैलिएर बालकको अवस्था विग्रिन थालेपछि उपचारको लागि ल्याएका थिए।

  अस्पताल पुर्याउन ढिला गरेका कारण समयमा उपचारमा हुन नसकि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बताए ।

गर्मि र वर्षा लागेपछि सर्प दंशको घटना अत्यधिक बढेको छ। अस्पतालका तथ्याङ्क अनुसार साउन देखि हालसम्म ३ सय ७ वटा सर्प दंशको उपचार भएको छ। गत आर्थिक वर्षमा ८ सय ३२ जनालाई सर्प दंशको रेकर्ड अस्पतालमा रहेको छ।

यसरी सर्पबाट बच्ने उपाय र सावधानी बारे गाँउघरमा सचेतनाको कमिले मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्।  धामी झाँक्रिको अन्धविश्वास  र घरेलु उपचारमा विश्वस्त भई घरमै बस्ने प्रवृतिले सर्प दंशबाट दिनहुँ मृत्युको आंकडा बढदै गएको हो।

जति सक्दो चांडो अस्पतालमा लैजाउनु र यसको उपचार नि: शुुल्क हुने हुँदा प्राण भन्दा उपचारलाई झन्झट नठानि उपचारको अभावमा अकालमै जीवन नगुमाउन सचेत हुन जरुरी छ।

प्रतिक्रिया
Share This Article