ट्रक सहित ३६ लाखको समान बारा प्रहरीद्धारा पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 225 Views

२६ भाद्र कलैाया । बारा प्रहरीले मंगलवार राती ३६ लाख भन्दा वढीको समान सहित ट्रक पक्राउ गरेको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ पथलैया चोकमा चेक जाँच गरेका थिए।

वीरगंजबाट झापा तर्फ जादै गरेको ना ३ ख १६४३ नम्बरको ट्रक शंकास्पद लागी रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.३६ लाख १२ हजार ४ सय ६८ रूपैया बराबरको राजश्व छलिको समान प्रहरीले बरामद गरेको हो।

प्रहरीले ट्रकमा लुकाई छिपाई राखेका कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट र अन्य खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया
Share This Article