असोज ५ मै पत्रकार महासंघको निर्वाचन प्रकृया अघि बढाउन प्रेस चौतारीको ध्यानाकर्षण

दाश पन्न्नालाल
1 Min Read

२५ भाद्र , काठमान्डौ । चौतारी नेपालले पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पोखरेलले  दिएको  राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले कुनैपनि घटनाक्रमबाट प्रभावित नभई असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।

पोखरेलले सोमबार पदबाट राजीनामा दिएपछि महासंघको औचित्यमाथि नै टीकाटिप्पणी हुन थालेको सन्दर्भमा चौतारीले विज्ञप्ति जारी गरेर असोज ५ मा चुनाव हुने वातावरण निर्माणमा अपिल गरेको हो ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *