२१ भदौ, कलैया । आज देशभर हिन्दु नारीहरुले धुमधामका साथ तिज पर्व मनाउदै छन्।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।
हिन्दु राष्ट्र र हिनदु धर्म मान्नेले विदेशमा पनि यहि रौनकताका साथ पर्व मनाउदै छन्। पर्वको अवसरमा विदा दिईएको छ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी धर्मिक विश्वास छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ ।
यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर कलैयाको सिद्धेश्वर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ । वर्तालु नारीहरुले नाच गान गरि वडो उल्लासका साथ मनाउने गर्छन्।
सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधान समेत छ।
व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज सकिन्छ।