२० भदौ, कलैया । बारा प्रहरीले अबैध रुपमा घरमा लुकाई छिपाई राखेका करिब पवने तीन लाख बराबरको खाद्यय समाग्री आज छापामारी गरि बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा र प्रहरी चौकी मटिअर्वा बाट खटिएको संयुक्त प्रहरी टोलिले कलैया उप- महानगरपालिका – १२ बस्ने खेदु मियाँको घरलाई छापामारी गर्दा अं. मुल्य रु.२ लाख ६९ हजार ५ सय बराबरको खाद्यय समानहरु फेला पारि नियन्त्रणमा लिइएको जनाईएको छ।
चिनी २४ बोरा अंदाजी मूल्य ८४ हजार र ५३ बोरा प्याज करिब १ लाख ८५ हजार ५ सय रुपैया बराबरको समानहरु फेला पारि निन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन्।
दक्षिणि सिमा नजिक रहेका मुख्य नाका मटिअर्वा छोटी भंसार संचालनमा छ। बोर्डरको पुर्व-पश्चिममा थुप्रै स-साना नाकाहरु छन्। सो बाटोलाई तस्करहरुले तस्करीको रुपमा प्रयोग गर्दै आएका छन्। हरेक बाटाका नाकामा शसस्त्र र नेपाल प्रहरी अघि पछि ढुुकेका हुन्छन्।
तस्करहरु सिमा रक्षक शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई नजराना तयतामिल गरे बमोजिम लेनदेना गरि सिमापारीबाट दिनहुँ लताकपडा , सुटिसर्टिङग, खाद्यय सामग्री महंगो चिजवस्तहरु बोर्डर देखि कलैयाको गोदामसम्म निर्वाद मोटरसाइकल, साईकल, अटो, ट्रेक्टर ट्रकमा समेत ढोवानी भईरहेको दृश्य नौलो होईन्।
कुन टोली कति टोली सब बाईक हुईकाउदै बजारमा पसल पिच्छे र गोदाम पिच्छेको कानेखुशी पर्दा भित्रको कुरो रहेन। मालसमान सेटिङग मै उतरी बेग हुँदै राजधानीसम्म जाँदै गरेको हो।
पछिल्लो समय प्रहरीले अबैध समान गाडी सहित समाउनु र भंसार नजिकको बोर्डर छेउछाउ गाँउटोलमा छापा मारि समान बरामद गरिनु यसको रहस्य उजागरले पुष्टि गरेको छ।
नामुद तस्करले यस्ता अनेकौ गोदाम भरेका छन्। चाँड पर्व लक्षित स्टक गरि आवश्यक वस्तुको अभाव सृजना गरि मूल्य बृद्धि लगायतका कारोबार हुँदै आएको छ। प्रहरी र तस्कर बीचको मिलेमतोबाट भारि परिमाणमा समान प्रहरीको आँखा अगाडी बाटै राता रात कलैया र उतरी भेेगसम्म कैरियरले पुर्याउने गरेको छ।