सिम्रौनगढका दुई वर्ष कैद भएका फरार अंसारी पक्राउ

२० भदौ, कलैया । बारा प्रहरीले अदालतबाट  कसुरवार ठहर भई कैद जरिवाना भुक्तान नगरि फरार रहेकालाई वुधवार पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी मातहतका इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट खोटा चलन मुद्दामा बरदात पश्चात फरार रहेका  मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका – ४ का ३८ वर्षिय मकसुद अंसारीमाथि खोटा चलन मुद्दामा २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैया जरिवाना असुलउपर सहित कैद सजाय भुक्तान गर्न बाँकि रहेको छ।

फरार रहेका अंसारीलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ता सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *