१९ भाद्र, कलैया। बारा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट झण्डेै एक करोड बराबरको समान सहित ट्रक समातेको छ।
बिल भरपाई नभएको तथा समानहरुको श्रोत खुलाउन नसकेको अं.मुल्य रू.९८ लाख ९३ हजार ५ सय ३१ रुपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया, बारा पठाईएको व्यहोरा सूचित गरिन्छ ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजे भाद्र १८ गते जीतपुरसिमरा उपमहानगरपालिका – २१ स्थितमा वीरगंजबाट बाँके तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २४३८ नं. को ट्रकलाई ई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा लोड अं.मुल्य ९८ लाख ५८ हजार ५ सय ३१ रुपैया बराबरको समानहरु पक्राउ गरेको छ।
त्यसैगरि, ईलाका प्रहरी कार्यालय प्रसौनीले भदौ १७ गते बिश्रामपुर गाउँपालिका – १ स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटराईकलमा ल्याउदै गरेको अं. मुल्य रु. ३ लाख ५,० हजार बराबरको कपडा ( कुर्तासुरुवाल, सुति साडि, मखमलको ब्राउज, साडी) प्रहरी टोलिलाई देखी कपडा फाली मो.सा. लिई मानिस फरार रहेकोले उक्त कपडा नियन्त्रणमा लिईएको विज्ञप्तिमा जनाईएको छ।
बिल भरपाई नभएको तथा समानहरुको श्रोत खुलाउन नसकेको अं.मुल्य रू.९८ लाख ९३ हजार ५ सय ३१ रुपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरीका प्रबवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जाकारी गराएका छन्।