पत्रकार महासंघको निर्वाचन असोज ५ मा हुने: अध्यक्ष पोखरेल

दाश पन्न्नालाल
3 Min Read

१८ भाद्र , काठमान्डौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्ती मार्फत निर्वाचन मिति तय गरेका हुन्।

२०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,’ उनको विज्ञप्तिमा उल्लेख छ।

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आम पत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनले स्वीकार गरेका छन्।

‘महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु। शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको छु,’ उनले भनेका छन्।

निर्वाचनको विषयमा प्रेस मञ्च नेपालले विरोध जनाएका छन्। सदस्यता शुद्धिकरण विवाद सल्टिएको छैन्।

विगतमा बुझाईएका ज्ञापन पत्रको कुनै निकास निस्केको छैन्। मञ्चका केन्द्रिय अध्यक्ष अवधेश झाले बताएका छन्। समस्या समाधान नभएसम्म निर्वाचन हुन पनि दिन्न र निर्वाचनमा सहभागि पनि नहुने उनले समाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन्।

यसैगरि प्रेस सेन्टरले पनि असहमति जनाएको कुरो बाहिरिएको छ। मजबुत प्रेस संगठन मध्ये मुख्य घटक सेन्टर पनि एक हो। सत्ता साझेदार र बाहिर रहेका दलहरुको प्रेस संघ संगठनको धारणा समिकरण फरक फरक छन्। मूल नेतृत्व हात पार्ने आ- आफ्नै रणनितिमा चुनाव सर्दै आएको हो।

साढे तीन महिना अघि चुनावको घोषणा भएको थियो। जुनवेला सरकारमा सत्ता साझेदारको परिस्थिति फरक थिए।

प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन एक कितामा एक स्वरले निर्वाचन हुने गरि मिति तोकेका वेला प्रेस युनियनले सदस्यताको हल्लो अडकाई तालबन्दी, विरोध, धर्ना र ज्ञापनपत्र जस्ता अवरोधात्मक कार्यले पहिलो पटक महासंघको निर्वाचन विफल हुन पुग्यो।

यद्धपी केन्द्रिय अध्यक्ष पोख्रेल सहित महासंघका पदाधिकारीको समेत हस्ताक्षर सहितको विज्ञप्ति जारी गरिएका थिए।

यसै बिच निर्वाचनको मिति नजिकिदै जादा मजबुत गठबन्ध बनाउने र पदको भागबण्डा टुङ्गो लगाउनेमा संगठनका नेता फाकाउने मनाउनेमा जुटेका छन्। आकाँक्षि उम्मेदवार टिकटको लगि लबिङ थालेका छन्।

यसपाली प्रेस चौतारी  र प्रेस युनियन गठजोडमा उम्मेदवार मिलाउने भएपछि को- कसको भागमा पर्ने? निश्चित भई नसकेको अवस्था छ। यसरी दुई बलिया संगठन एकजुट भएपछि अन्य संगठन एक कितामा उभिने संकेत देखिएको छ।

आफु कमजोर हुने देखिएपछि सदस्यताको राग पुरानै पारामा देखिएकोले अन्यौलता चिर्न सर्वसहमत हस्ताक्षर सहितको विज्ञप्तिको खाँचो छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *