विदाको दिन पनि ओपिडि सेवा संचालन गर्न सरकारी अस्पताललाई मन्त्रालयको परिपत्र

१७ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भाद्र ७ गते विदाका दिन पनि अस्पताल सँचालन गरि सेवा प्रवाह गर्न  निर्णय गरेको एक हप्तापछि कार्यन्वयनमा आउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सम्पुर्ण सरकारी अस्पतालहरुलाई औपचारिक निर्देशन सहितको परिपत्र गरेको
छ ।

अब देखि सार्वजनिक बिदाका दिनमा समेत  सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको होसरकारको यस निर्णयले विदाका दिन विरामीहरु उपचार सेवाबाट वञ्चित रहदै आएकामा अब तीन सय पैंसट्ठी दिन चिकित्सकिय सेवा पाउने छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *