गृह मन्त्रालय द्धारा तीन डिआईजिको सरुवा

१७ भाद्र, काठमान्डौ। गृहमन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका डिआइजी कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा भएको छ।

डिआइजी विष्णुकुमार केसी ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि पोखरेललाई हेटौडामा तानिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा रहेकी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ।

त्यस्तै, प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा रहेका भरतबहादुर बोहरालाई ट्रापिक व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पठाइएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *