१३ भााद्र, बारा। न्यायको गुहार लगाउदै पैतृृक सम्पतिबाट वञ्चित गरि अंशहक हडपेको भन्दै गत भाद्र ११ गते देखि गिरि दम्तपति अंशको लागि आमरण अंशनमा बसेका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका -७ जितपुरका स्वर्गीय फकिरा गिरिको छोरा बुहारी बिनोद गिरि र मालति गिरि अंशकै लागि उनकै घर अगाडी पाल टाँगेर आमरण अंशनमा बसेका हुन्।
२०४७ सालमा फरक समुदायसँग प्रेम विवाह गरेपछि लफडा भई घरपरिवारले नस्विकारे पछिको परिणामले ३४ वर्षपछि झन बल्झेको छ।
विनोद गिरिको भनाई अनुसार बुवाको सम्पतिबाट समान हक पाउनुुको सट्टा लव मैरेज गरेको निहुँमा आफुुलाई घरपरिवाट अनेकौ यातना पीडा दिई अचेत बनाई जालझेलगरि अर्बौको सम्पतिबाट शुरुमा १४ कट्ठामा अंश भर्पाई गराई त्यो जग्गा पनि सोही दिन भाई राजुराज गिरिले बेचेेको आरोप लगाए।
दम्पति परिवार छुट्टै बस्दै भौतारिदै घर व्यवहार चलाउन अनेकौ दु:ख कष्ट सहेर दुईटा छोरी र एक छोराको लालनपलान गरे त्यत्रो सम्पति भएपनि प्रेम विवाहकै कारण अहिलेसम्म विच्चलीमा परेका छौ, न्याय दिलाउन संचारकर्मी मानवअधिकारकर्मी प्रहरी प्रशासन न्यायप्रेमी नागरिक समाजसँग गुहार माग्देै आमरण अंशनमा बसेकी मालति गिरिले वेदना पोखिन।
छोरा बुहारीले छोरा पायो भनेर सासू आमाले घरमा भित्र्याए पनि मेरो पतिको भाई स्वर्गीय फकिरा गिरा गिरिको छोरा राजुराज गिरले प्रेम विवाहको निहुँमा हामी दम्पतिलाई विभिन्न यातना पीडा दिदै घर निकाला गर्न बाध्य बनाए।अनि बदनामी र वितण्डालाई सामसुम पार्न ३८ कट्ठा जग्गा दिईएकोमा त्यो पनि राजुराज गिरिले हडपेको अनको आरोप छ।
उनले प्राप्ति गरेको सो जग्गा भएपनि फिर्ता दिलाउन समेत विगत चार दिन देखि अंशनमा बसेकी छन्। श्रीमान श्रीमति गिरि छोरा छोरी परिवार सहित अलपत्र अवस्थामा पालमुनि विरामी अवस्थामा परेका छन्।
जितपुरको मुख्य चौकमै १४ कट्ठा चर्पेको दुई तल्ले आलिशान भवनको करिब ६० जति कोठा रहेकोमा दमपति गिरि घर प्रवेशको लागि भाईसँग हकको लडाईमा संघर्ष गर्दै गेट अगाडी घाम पानी गर्मि बतास बसि आमरण अंशन बस्न बाध्य बनाईएको अवस्थाले सम्पतिको लोभ मान सम्मानको पगरीले बुवाको पैतृक हकबाट हात धुुने अवस्था रहस्य बाहिरिएको छ।
आफ्नै भाइ राजु राज गिरि र उनका श्रीमती रजनी कुमारीले आफ्नो अंश नदिएको मालती गिरिले आरोप लगाईन । अंशको लागि बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र त्यहा जितपुर सिमराको वडा न ३ कितान १७८ को जग्गा ८ कठा र वडा न ३ कै किता न १७९को ६ कठा गरि राजु राज गिरि र रजनी गिरिले सहमतिमा अंश भर्पाई गरि बिनोद गिरिलाई २०७६ मंसिर २ गते अंश भर्पाई लिखित दिइएको भएपनी राजु राज गिरिले आफ्नो दाजु बिनोद गिरि संग छल गरि सो जग्गा भोलि पल्ट नै बिक्रि गरिएको रहस्य बाहिर आएका छन ।
स्व . फकिरा गिरिको छोराहरू सबैले अंश पाएको अर्का छोरा बिनोद गिरिले त्यतिबेला अंश नपाएको आफुहरु संग जालसाजी गरिएको मालती गिरिले बताईन । गिरि दम्पती परिवारले जितपुर वडा न ३ किता न ३५९२ को १ बिगहा ७ कठा , किता न ३५८६ को १४ कठा ४ धुर ,किता न ३५९६ को ७ कठा २ धुर गरि जम्मा ३८ कठा जग्गा आफ्नो अंश पाउनु प्रने मांग गर्दै उनको घर अगाडि अनशनमा बसेका छन ।
शुुरुमा १४ कट्ठामा अंश भर्पाई गराई दिएको जग्गा र पछिल्लोपटक ३८ कट्ठा दिएको बहुमुल्य जग्गा कले कसरी बौच्य? छानबिन गरिनु पर्छ र हामिले पाउने अंश पाउनु पर्छ माग र गुहार हो, अंसनरत गिरि दम्पतिले बताए। गिरि दम्पतिको दुखेसो र आरोपको बारे उनका भाई परिवारसँग प्रतिक्रिया लिन खोज्दा दिन मानेन्न। गेट भित्रैबाट रमिता हेर्दै घर पसेका थिए।