बारागढीका बैद्यनाथधाम हिडेका तिर्थालु बस भारतमा दुर्घटना, २५ जना घाइते

दाश पन्न्नालाल
2 Min Read

 ९,भदौ, विहार । बाराबाट बोलबम तीर्थ यात्राका लागि बैद्यनाथ धाम गइरहेको बस भारत विहारमा दुर्घटनामा परि २५ जना तिर्थालु घाइते भएका छन्। बसमा ४७ जना तिर्थालु देवघर जाँदै थिएत्यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ 

समस्तीपुरको सरकारी सदर र वीवन अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । पिप्रा बसतपुर गाउँबाट  उक्त बस रिजर्भ गरी उनीहरु तीर्थयात्रामा निस्केका थिए ।

 बिहारको समस्तीपुर स्थित  मिश्रि घडारीमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका – ३ मूर्किपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी गराएका छन् ।

बस दुर्घटनाबारे प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ,थप बुझने प्रयासमा छु , उनले थपे।

यता भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनााएको छ।

समस्तीपुर स्थित मुसरीघरारी चौकमा दुर्घटना हुँदा घाइते हुनेहरु बारागढी गाउँपालिका -३ मुक्तीपलियाका मानिसहरु रहेका छन्। घाईतेहरुको नामावली:-
गीता देवी, सीमा कुमारी,विश्वनाथ मुखिया बिंद, शोभा कुमारी, राजेश्वर प्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिव कुमारी, सियापति देवी,अमन प्रजापति, रामरती देवी, सुजीत कुमारी, राम किशोरी, राम नागेंद्र साह, रामभा साह, सुखिया देवी, लक्ष्मी राउत अहिर,रविंद्र कुमार, रामेश्वर शाह, सुबोध प्रसाद साह,लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी,किशोरी साह,उषा देवी रहेको र अन्य घाइतेहरुको पहिचान हुन बाकी रहेको गाउँ पालिका अध्यक्ष जयसवालले जानकारी गराए । गहातेको उपचार स्थानिय अस्पतालमा भईरहेको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *