बारा प्रहरीले १३ जना जुवाडेलाई रंगे हात समाते,लाखौ रकम बरामद

दाश पन्न्नालाल
2 Min Read
  • ८ भाद्र,कलैया  । बारा प्रहरीले जुवातास खेल्ने  १३ जनालाई शुक्रबार साढे तीन बजे दिउँसै पक्राउ गरेको छ ।

प्रहरीले महागढीमाई नगरपालिका-१ स्थित मोतीलाल कुश्वाहाको घरमा छापामारी गरेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।

कुश्वाहाको घरमा जुवा संचालन भईरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छापामारी गरेर कुश्वाहा सहित १३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी गराएका छन् ।

जुवा खेल्दै खेलाउदै गरेको अवस्थामा रंगे हात पक्राउ पर्नेमा  जिल्ला बारा, महागढीमाई नगरपालिका वडा नं -१ का राजेन्द्र साह कानु,  मनोज प्रसाद कुशवाहा , बिनोद प्रसाद, मोतिलाल प्रसाद ,  जतिकर हुसेन, मोतिलाल प्रसाद कुशवाहा, राजु प्रसाद कुशवाहा, अच्छे कस्तुरी साह रहेका छन्।

त्यस्तै महागडीमाई  -२  राजकिशोर प्रसाद कुशवाहा, वर्ष ४१ को जितेन्द्र तिवारी रहेका छन्।

भन्ने जिल्ला बारा, सुवर्ण गाँउपालिका – २ बस्ने सुकदेव प्रसाद यादव र मुस्ताक खान पैठान गरि  तेह्र जना जुवाडे पक्राउ परेका छन्।

उनीहरुको साथबाट एक लाख ७१ हजार दुई सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी आवश्यक कानुनी कार्बाही अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

कुश्वाहाको घरमा लामो समयदेखी जुवा संचालन हुँदै आएको स्थानीयले बताएका छन । जुवा लतमा क्यौंले आफ्ना सम्पति बेचेर विलिबाठ बनेका एक बृद्धले बताईए।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *