अबुखैरनिको मर्स्याङदीमा भारतिय बस दुर्घटनामा मृतकको शव लिन राज्यमन्त्री आएर विमानबाट लगे।

दाश पन्न्नालाल
1 Min Read
Highlights
  • अबुखैरनी मर्स्याङ्दीमा भारतिय बस दुर्घटनामा मृत्यु भएकाको शव भारत सरकारले राज्यमन्त्रिको नेतृत्वमा विमान मार्फत लगे।
  • राज्य मन्त्रिले काठन्डौमा घाईतेको स्वास्थय बारे काठमान्डौमै अस्पताल पुगेर अवस्था बुझे।

८ भाद्र ,भरतपुर  । मर्स्याङदीमा भारतीय बस दुर्घटमा परि मृत्यु भएका शवलाई भारत सरकारले विमानबाट लगेका छन्।

मृतकलाई घर पठाउन भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।

भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उक्त विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यकाे नासिकतर्फ उडेकाे छ ।

प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् ।

यस अघि काठमान्डौ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १६ घाइतेलाई भेटेका थिए। साथै गृहमन्त्रि रमेश लेखकसँग पनि भेटेका थिए।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *