७ भदौ, काठमाडौं । पृथ्विराज मार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाँउपालिका -२ स्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रु बाहक बस खस्दा १४ जनाको मृत्यु भएको छ । भन्ने १६ जना घाइते यात्रुको उद्दार गरिएको छ। बसमा ४१ जना भारतिय यात्रु सवार रहेका बताईएको छ। एकजना चाालक र एक जना सह चाालक रहेका प्रहरी जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ।
छिमेकि देश भारतको गोरखपुरबाट भदौ ५ गते पोखरा आएका थिए शु।क्रबार बिहान साढे बजे पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।
तनहुँक डीएसपीा दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।सक्रियताका साथ उद्दार कार्य भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानविय क्षतिको एकिन् विवरण आउन समय लाग्न सक्ने बताईएको छ। हालसम्म मृतक र घाईातेको पहिचान हुन सकेको छैन।