६ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको हो।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्तावमा सभाले सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका छन् ।
पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो।
आयोग गठन भएपछि कस्ता पदाधिकारी आउँछन् उनीहरुले गर्ने कामका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगिनेतिर अग्रसर हुनेछ । संक्रमणकालीन न्यायलाई यही रुपमा सम्बोधन गरिनुपर्ने र यसका लागि सबै जिम्मेवार हुनुपर्ने दलका नेताको धारणा छ।