काठमाडौँ — राज्यको मुलधारबाट वञ्चित दलित समुदाय विभेदबाट मुक्ति र पाएको अधिकार कार्यन्वयनको लागि आन्दोलनमा होमिएका छन्। संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले कार्यान्वयन नगरेको भन्दै अभियन्ता र युवाहरूले भुँइमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
११ दिनदेखि शरीरमा नेल /सिकड लगाएर काठमाडौंको माइतीघरमा दिनभर धर्ना दिँदै आएका दलित अभियनका संयोजक खगेन्द्र सुनारको विरोध प्रदर्शनमा समर्थनमा शनिबार युवाहरूले भुँइमा सुतेर विरोध प्रदर्शन गरेका हुन् ।दलित अभियनता सुनारले मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्तिमा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै साउन २३ गतेदेखि शरीरमा नेल लगाएर प्रदर्शन गर्दै आएका थिए ।
दुई दिनअघि प्रदर्शनकै क्रममा संसद् भवनभित्र प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । युवाहरुले ‘दलितलाई खै’ भन्ने प्ले-कार्ड सहित विरोध प्रदर्शन गरेका हुन्।
संयोजक सुनारले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्त बमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन् ।