बकुलियाबाट हराएका तीन बालबालिका सकुशल फेला
कलैया, भदौ २८ — बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सकुशल फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारत घर भई हाल बकुलिया टोलमा बसोबास गर्दै आएका मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान शुक्रबार बिहान करिब ५ बजे सम्पर्कविहीन भएका थिए।
बालबालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया सुरु गरिएको थियो। यसैबीच शुक्रबार राति करिब ८ बजे बालबालिकाका बुबा मुकेश पासवानले उनीहरू भारतको बिहार राज्य, मोतिहारी जिल्ला अन्तर्गत रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित अवस्थामा रहेको जानकारी प्रहरीलाई दिएका छन्।
प्रहरीका अनुसार तीनै जना बालबालिका सकुशल अवस्थामा भेटिएपछि थप खोजतलासको आवश्यकता नरहेको जनाएको छ। बालबालिका सुरक्षित फेला परेसँगै परिवारजनले राहत महसुस गरेका छन्।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0