पत्रकार महासंघका अध्यक्ष पछि कावा अध्यक्ष विष्ठको पनि राजिनामा

४ असोज, काठमाडौं ।  नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि सदस्यता शुद्धीकरण विवाद कारण राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिएका छन् ।

पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके उनको भनाइ छ ।

‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टको भनाइ छ ।

‘पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै उनले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित– हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएकोजिकिर गरेका छन् ।

सदस्यता शुुद्धिकरण विबाद यति नै चुुलियो कि महासंका अध्यक्ष विपुल पोखरेलले चुनाव गराउन नसकेपछि राजीनामा दिएका थिए । निर्वाचनको मिति तोकिने सार्ने यो चौथो पटक हो। निर्वाचन समितिले आज देखि केन्द्रीय मनोयन हुने तालिका सार्बजनिक गरेका थिि तर आज अनिश्चितकालिन निर्वाचन प्रकृया स्थगन गरेको छ।  

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *