सिमामा सर्वसाधारणलाई दुःख नदिन डिआईजी थपलियाको निर्देशन

दाश पन्न्नालाल दाश पन्न्नालाल 117 Views


६ बैशाख, वीरगञ्ज — मधेस प्रदेशका प्रहरी प्रमुख गोविन्द थपलिया ले सीमा नाकाहरूमा सर्वसाधारणलाई अनावश्यक दुःख नदिन मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।
डीआईजी थपलियाले घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामानमा प्रहरी वा अन्य सम्बन्धित पक्षबाट अनावश्यक हैरानी दिने काम तुरुन्त बन्द गर्न स्पष्ट रूपमा निर्देशन दिएका हुन्। उनले सीमाक्षेत्रमा शान्ति–सुरक्षा कायम राख्नुका साथै नागरिकमैत्री व्यवहारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार नियम कार्यान्वयन आवश्यक भए पनि त्यसका नाममा सर्वसाधारणको दैनिक जीवनमा अनावश्यक असर पर्न नदिन संवेदनशील ढंगले काम गर्नुपर्नेछ। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले व्यवहारिक र जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।
पछिल्ला दिनमा सीमा नाकाहरूमा भन्सार कडाइका कारण सर्वसाधारणले दुःख पाएको गुनासो बढ्दै गएको सन्दर्भमा डीआईजी थपलियाको यो निर्देशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया
Share This Article