पृथ्वी जयन्ती आज, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

दाश पन्न्नालाल दाश पन्न्नालाल 209 Views

 

काठमाडौँ । नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्तीका अवसरमा राजधानी काठमाडौँसहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा, प्रभातफेरी, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
पृथ्वीनारायण शाहले स–साना बाइसे–चौबिसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधारशिला राखेको इतिहास छ। “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने उनका दिव्य उपदेश आज पनि राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा स्मरण गरिन्छ।
यस अवसरमा सरकारी तथा निजी क्षेत्र, विभिन्न संघ–संस्थाले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरेका छन्। पृथ्वी जयन्तीले राष्ट्रियता, स्वाधीनता र एकताको भावना सुदृढ बनाउने विश्वास लिइएको छ।
पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरूमा शुभकामना सन्देश आदान–प्रदान भइरहेको छ भने ऐतिहासिक महत्वका स्थानहरूमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ।

प्रतिक्रिया
Share This Article