सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

दाश पन्न्नालाल
3 Min Read

दास पन्नालाल 

१४ मंसिर , बारा-— बारा प्रहरीले  किरण बेभरेज नेपाल प्रा. लि. पानी फैक्ट्रीका मेनेजर रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

घटना भएको १६ घण्टा भित्र पक्राउ गरिए पनि दुबैजनाई मंसिर १४ गते मात्रै प्रहरीले विज्ञप्ति मार्फत पुष्टि गरेको हो।

हत्या आरोपमा पक्राउ पर्नेमा पर्साका वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी बस्ने द्वय करिमन राम चमारको छोरा वर्ष २१ को राजन कुमार राम र आदेश लाल साहको छोरा वर्ष ३२ को प्रमोद साह तुरहा रहेका छन्।

२०८२ मंसिर ११ गते बेलुका ८:२५ बजेको समयमा जिल्ला बारा, प्रसौनी गाँउपालिका वडा नं.६ भलुही चोक स्थितमा रहेको KIRAN BEVERAGE NEPAL PVT.LTD. (पानी फ्याक्ट्री) भन्दा २५ मिटर उत्तर तर्फ रहेको खाल्डोमा बीभत्स हत्या भएको अवस्थामा  शव भेेटेको थियो।

हत्या गरिएका व्यक्ति सर्लाही धनकौल गाँउपालिका- २ घर भई सोही फ्याक्ट्रीमा मेनेजरको काम गर्ने नरसिंह सिंहको छोरा अं. वर्ष ५० को राम किशोर सिंह रहेका छन्। मृतक सिंहलाई धारिलो हतियारको प्रयोग गरी विभत्स हत्या गरी फालेको थियो।

आरोपित राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेकोमा गत सालको गढीमाईको मेलाको वखत गाडीको कलच प्लेट जलाएको कारण मृतक सिंह र रामको बिच झै-झगडा भएको हुँदा काम छाडी गएको थियो।

पुनः मिति २०८२/०७/०१ गते देखी २०८२/०८/१० गते सम्म काम गरेकोमा रामले चालकको काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मुल्य रू. ११० लाई  आफ्नो व्यक्तिगत मुनाफाको लागी उक्त पानी रू.११५/१२० बजारमा बेच्दै आएको कुरा मृतक सिंहले थाहा पाए पछि  मंसिर १० गते रामलाई कामबाट हटाएको बताईएको छ।

पटक पटक बदमासीको कारणले  मिति २०८२/०८/११ गते मृतक सिंहले चालक रामको हिसाब किताब गरी रकम समेत फछौंट गरी दिएको सोही रिसईवीलाई लिई राजन कुमार राम र उनका साथी प्रमोद साह तुरहा वीरगंजमा संगै बसी जाँड रक्सी खाई हत्या गर्ने योजना बनाई बेलुका ८:२५ बजेको समयमा अ.वर्ष ५० को राम किशोर सिंह फ्याक्ट्रीमा रहेको अवस्थामा दुबै जना आई साथमा बोकी ल्याएका धारिलो हतियार छुरा र ईट को प्रयोग गरी विभत्स हत्या कसुर गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी गराएका छन्।

घटना राती नै भईसकको भएपनि मंसिर १२ गते बिहान अ.०७:५७ बजे प्रहरीले सूचना पाएका थिए। सूचना लगतै  तत्काल घटना स्थलमा प्रहरी पुगी घटनामा संलग्न रही तत्काल फरार रहेका व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी जिल्ला प्रहरी कार्यालय पर्सा समेतको समन्वयमा पर्साको छिपहरमाई गाँउपालिका -५ भिस्वाको नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई र प्रमोद साह तुरहा वीरगंज महानगरपालिका – २२ मा लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले आरोपी दुवैजनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थमाई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साथै हत्या भएको घटना स्थलमा रगत लागेको फलामको छुरा-१ थान र रगत लागेको ईट-१ थान समेत बरामद भएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *