मधेशमा एमाले सरकार गठन, मुख्यमन्त्रीमा सरोज यादव, लखन दास सहित संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

दाश पन्न्नालाल दाश पन्न्नालाल 384 Views
 पन्नालाल दास
२४  कार्तिक,  जनकपुरधाम  । मधेशमा प्रदेशमा एमाले नयाँ राजनितिक कोर्ष बदल्दै लोसपाका जितेन्द्र सोनलको सरकार ढाली सरकार बनाएको छ।
एमाले संसदिय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भई एमाले पहिलो चोट्टी मधेश सरकारको नेतृत्वको अवसर पाउन सफल भएको छ। नव नियुक्त मुख्यमन्त्री सँगै एमालेका प्रदेश सभाका सचेक लखन दास तत्मा मन्त्रीमा नियुक्त भई सपथ ग्रहण गरिसकेका छन्।
मधेश प्रदेशमा एमाले सहित, संघीय समाजवादी र राप्रपाको तत्काल तीन दलको संयुक्त सरकार गठन भएको छ ।

 

सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।

विषम परिस्थितिमा सरकार गठनमा विवाद उत्पन्न हुने देखिने सम्भावना रहे पनि अन्तिम टुङ्गो अदालतको परिभाषामा निहित हुनेछ। र निर्धारित समयमा विश्वासको  मत आर्जनको ताका टुङगो लाग्ने छ।

 

प्रतिक्रिया
Share This Article