सरोज दास
२२ कार्तिक, कलैया— जिल्ला प्रशासन कार्यालय वाराले विहार सँग जोडिएका नेपाल- भारत सिमा आज देखि ३ दिन बन्द रहने जनाएको छ।
नेपाल-भारत सीमा नाकामा आवागमन बन्द हुने कार्यालयले आज एक विज्ञप्ति जारी गरि कार्तिक २२ गते बेलुका ६ बजे देखि २५ गते बेलुका ६ बजेसम्म सिमा बन्द रहने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी गराएका छन्।
२०८२ कार्तिक २५ गते (तदनुसार 11 November 2025) मंगलबारको दिन यस जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लामा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएको छ।
निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमा नाकामा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने नेपाल-भारत सीमा समन्वय बैठकको निर्णय एवं समाहरणालय पूर्वी चम्पारण, मोतिहारीको च.नं. १४१ मिति 07 November 2025 बमोजिमको पत्रानुसार सम्बन्धित सबै जानकारी गराईएको हो।