जेन-जी आन्दोलनमा मृतक संख्या ७२ पुग्यो

दाश पन्न्नालाल दाश पन्न्नालाल 318 Views

 

 

मुन्ना कुमार—

२९ भदौ, काठमाडौं — भदौ २३ र २४ गते भएको भ्रष्टाचार विरुद्ध जेन-जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

पहिलो दिन १९ त्यपछि ३४ अस्ति ५२ अनि आज यतिको संख्या पुगेको छ । देशका विभिन्न अस्तालमा उपचारर्त घाईतेको मध्येबाट यसरी मृतक थपिदै गएको छ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ।

 

प्रतिक्रिया
Share This Article