मुन्ना कुमार —–
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने तीन प्रहरी र एक भारतीय महिलासहित ।
- नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतक संख्या ५१ पुगेको ।
- मृतकमा काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू पनि ।
काठमाडौं, २७ भदौ—– काठमान्डौमा भएको जेनजी प्रदर्शनमा अब मृत्यु हुनेको संख्या ५१ पुगेको छ । एक हजार करिब घाईाते रहेकाको विभिन्न अस्पतालमा उपचार हुदैछ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।
जसमध्ये तीन जना प्रहरी छन्। त्यसबाहेक २१ जना प्रदर्शनकारी, १ भारतिय महिला सहित ८ जना अन्य, ९ जना कैदीबन्दी रहेका छन्।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।
बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया